Bal-Umang

Bal-Umang

जनता माविका प्रधानाध्यापक कृष्ण तिम्सिनाद्धारा छात्राहरुलाई र्दुव्यवहार

 

सुनसरी माघ २१ -सुनसरीको इनरुवास्थित जनता माविका प्रधानाध्यापक कृष्ण तिम्सिनाले छात्राहरुको जिउमा हात हाल्ने ,यौनजन्य शब्दहरु बोल्ने गर्न थालेपछि घटनाले उग्र रुप लिएको छ ।
किशोरी उमेरका छात्राहरुलाई यौन शोषण गर्दै आएका प्रअले यस्तो हर्कत देखाएपछि प्रअविरुद्ध एकजुट हुँदै घटना सार्वजनिक गरेका थिए । पीडित छात्राहरुले प्रअले आफूहरुलाई पटक पटक एकान्तमा बोलाई सेक्सकाबारेमा कुरा गर्ने, शरीरमा लगाएको राम्रो नराम्रो भन्दै छुने, मोटाएको, दुब्लाएको भन्दै शरीर सुमसुम्याउने, भिटामिनको कमीले शरीरको छाला फुस्रो भएको भन्दै सुमसुम्याउने र अश्लिल शब्दहरु बोल्ने र कक्षामा समेत विषयगत कुरामा भन्दा यौनशिक्षामा जोड दिँदै कक्षा सञ्चालन गर्ने जस्ता शैलीले आफूहरुलाई पीडित बनाएको बताएका छन । विद्यालयमा अध्ययनरत छात्राहरुलाई यौनजन्य दुव्र्यहार गर्दै कक्षा कोठामा, चौरमा र एकान्त स्थानमा बोलाएर यौनजन्य शब्दहरु प्रेम र यौवन परिवर्तनका विषयमा कुरा गर्दै शरीरमा समेत सुमसुम्याउने गरेको पीडितले बताएका छन ।
उनको कृयाकलापबाट मानशिक रुपमा मात्रै नभई विभिन्न रुपमा पीडित हुन पुगेको छात्राहरु बताउँछन । घटना सार्वजनिक भएलगत्तै आरोपित प्रअ तिम्सिना मोबाइल सम्पर्कमा रहेर विद्यालय आएका छैनन भने अर्धभूमिगत भएर घटनालाई ढाकछोप गर्न सबै तहतप्काका अगुवाहरुलाई परिचालन गरिरहेको विद्यालयका एक शिक्षकले बताए । जनता मावि मधेशामा उनका सहकर्मी शिक्षकहरुसमेत उनको शैलीप्रति रुष्ट छन ।
प्रअ तिम्सिनाले आफ्नो विरोधमा लागेकाहरुले आफुमाथि खैरो खन्ने काम भएको बताए । प्रअ तिम्सिनाले आफ्नो अभिव्यक्ति र प्रस्तुती शैलीलाई यौनजन्य हिंसासँग जोडेर हेर्न नहुने भन्दै सामान्य अवस्थालाई अतिरञ्जित गर्न खोजिएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ अधिकारीले सो विषयमा तत्काल कुनै प्रतिक्रिया दिन नसक्ने बताए । उता घटनाका सम्वन्धमा जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले विद्यालयमा हुने कुनैपनि प्रकारको दुव्र्यवहार अवाञ्छनिय रहेको बताए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार