थाङ्देनको हत्या गर्ने योजनाकार जनमुक्ति पार्टीकै नेता पूर्णकला लिम्बू रहेको खुलासा

काठमाडौं माघ २१- जनमुक्ति पार्टीका केन्द्रीय सदस्य विष्णु थाङ्देनको हत्या गर्ने योजनाकार जनमुक्ति पार्टीकै नेता पूर्णकला लिम्बू रहेको खुलासा भएको छ ।
पार्टीको अध्यक्ष केपी पालुङ्बा र महासचिव केशब सूर्यबङ्शीको संयुक्त हस्ताक्षरित जारी प्रेस विज्ञप्तिमा निकाली लिम्बुलाई कानुनी कार्वाही समेत हुने गरी पार्टीबाट निष्कासन गरेको छ ।
थाम्देनलाई यहि माघ १५ गते सोमबारका दिन साँझ धरान उपमहानगरपालिका वडा नं ९ सब्जिमण्डी निजको आप्mनो ब्यावसायिक पसल नजिकै अपराधिक समूहद्वारा ज्यान मार्ने उद्देश्यका साथ साङ्घातिक आक्रमण गरेका थिए । घटनामा संलग्न भनी राष्ट्रिय जनमुक्ती पार्टीको जिम्मेवार पदमा रहेकी पूर्णकला लिम्बूलाई प्रहरी प्रशासनले कानुनी प्रक्रियालाई अवलम्बन गदै सुक्ष्म खोज अनुसन्धान गरी पत्ता लगाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाएको भनि जारी विज्ञप्तीमा उल्लेख गरेको छ । निज लिम्बूलाई आजकै मितिबाट लागू हुने गरी सबैखाले पदीय जिम्मेवारीबाट र साधारण सदस्य समेतबाट मुक्त गरिएको ब्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिन्छ ।
पीडित थाङ्देनले हत्याका योजनार पूर्णकला लिम्बू र फोनवाट धम्क्याउने शेखर लिम्बूलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको जानकारी गराएका थिए । भने आक्रमणकारी दिपेश राई भने अझै फरार रहेको बताए । योजनाकार लिम्बूले हत्या गर्न १५ लाख रुपैयाँ र दुईवटा पल्सर बाइक दिने शर्त गरेको थाङ्देनले बताउँदै आएका छन ।
पूर्णकलाले थाङ्देनको नाइटोमा प्रहार गरेर मार्नु भन्ने फोन कल डिटेल आफूलाई सुनाएको थाङ्देनले बताएका थिए । पूर्णकला स्थानीय चुनाबमा जनमुक्ति पार्टीको धरान नगरपालिकाबाट मेयर पदमा उम्मेदवार बनेकी थिइन । प्रदेश सभा चुनावमा पनि सांसद पदका लागि उम्मेदवारी दिएका थिइन । थाङ्देनले तत्काल गठबन्धन गरेर मेयरमा माओवादी केन्द्र र उपमेयरमा सङ्घीय समाजवादीलाई सघाएर पार्टी अघि बढ्ने कुरा राखेकोले त्यसको रिसले आफूलाई हत्याको योजना बनाएको हुनसक्ने भन्दै त्यस बाहेक अन्य लेनदेन र रिसइवी केही नभएको जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार