Bal-Umang

Bal-Umang

दर्शक झुमाउदै संचिन

काठमाण्डौ, माघ १९ – गायक सचिन राई यतिबेला गीत गाउनमा व्यस्त छन् । सचिन गायन क्षेत्रमा प्रवेश गरेसँगै दर्शकहरुको क्रेज पनि बढदै गएको छ । गायन क्षेत्रमा प्रवेश गरेको लामो समय भइसको उनले बताए ।
सचिनले सुगम स्टार नामक पहिलो एल्बम बजारमा निकालिसकेको छ । अहिले दोस्रो एल्बम निकाल्न फेरि तरखरमा जुटेका उनले बताए ।
गायक राईले बजारमा तिमीलाई देखेपछि प्यार बढ्यो सानु, जुन जस्तो तिम्रो हाँसी रहने बानी, यो बिहानीले बोलाउदैछ उठ आदिवासी उठ मुलबासी लगायत थुप्रै गीत गाएका छन । कतिपय गितको भिडियो गर्न बाकी रहेको उनले बताए ।

गायक राई यतिबेला देश विदेशमा गाउन व्यस्त छन् । उनले मलेसिया, हङकङलगायत देशमा आफुनो प्रस्तुति गरिसकेका छन् ।
नेपालको विभिन्न जिल्लाहरुमा पनि भरखरै गितहरु प्रस्तुत गरेर काठमाडौ आएको उनले बताए ।
उनको पहिलो एल्बममा चार वटा गित समावेश छन् । पहिलो एल्बममा म हँुुु सुगम स्टार, अल्लारे बैंस, अनौठो माया, कसम ढाटेको होइन रहेको छ । उनले यतिखेर गजल पनि गाउने गरेका छन् ।
उनले लामो समयसम्म संघर्ष गरेर सांगीतिक क्षेत्रमा प्रवेश गरेको उनले बताए । सचिन यतिखेर गायन क्षेत्रमा मात्र व्यस्ता छैन । उनी विभिन्न संघसंस्थाहरु पनि आवद्ध छन् । उनले ९ बर्षसम्म पत्रकरिता क्षेत्रमा काम गरेका छन् । खोटाङको रुपाकोट एफएममा स्थापनाकालदेखि नै आरजे उनले गरिरहेका छन् । किरात राई पत्रकार संघ, नेपाल पत्रकार महासंघलगायत संघसंस्थामा आवद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार