Bal-Umang

Bal-Umang

मिस इको इन्टरनेशनलमा नेपालकोतर्फबाट मौनता लामाले प्रतिनिधित्व गर्ने


काठमाडौं, माघ १९ – अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने ग्रिन आर्ट मिडियाले जानकारी दिएको छ ।
राजधानीको रोयल इम्पायल होटलमा एक कार्यक्रम गर्दै जानकारी दिएको हो । कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को क्राउन समेत लगाइ दिएको छ । गत बर्षकी मिस इको इन्टरनेशनल बिजेता रोनाली अमात्यले उनलाई ताज लगाइ दिइन । १ देखि १५ अप्रिलसम्म इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०१८’ लामाले ८० राष्ट्रका सुन्दरीहरुसँग प्रतिस्प्रर्धा गर्ने छिन ।

लाइन्स क्लबअफ काठमाडौका पुर्व अध्यक्ष तथा रोयल इम्पायर होटल बालुवाटारका प्रमुख प्रकास सिं कार्की, कुटुम्ब ब्यण्डका सदस्य राजु महर्जन, गायक तथा र्यापर निणर्य श्रेष्ठ, मिस हेरिटेज नेपाल २०१६ की बिजेता तथा फेसन डिजाइनर मञ्जु बन्जारा ढकाल, मिस युनिभर्समा नेपालको पहिलो सहभागी नग्मा श्रेष्ठ लगायत प्रतियोगीताको जर्ज प्यानलमा रहेका थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार