दुई सय मानिसले दिएको रगत चढाएर म बाँच्न सफल भएँ-अभिनेता अमिताभ बच्चन


काठमाण्डौ माघ १७- सुन्न सक्ने क्षमता नभएका बच्चाहरूका लागि आर्थिक सहयोग जुटाउन भारतको मुम्बईमा एउटा च्यारिटी कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा अभिनेता अमिताभ बच्चन जीवनमा पटक–पटक ठूला स्वास्थ्य समस्यासँग जुध्दै बाँच्न सफल भएको बताए । दिवालीको दिन मेरो हातमा पटाका थियो, जुन पड्कियो र मेरो पूरै हात जल्यो । तर, उपचारपछि बिस्तारै–बिस्तारै सबै ठीक भएको उनले बताए ।

कौन बनेगा करोडपति सुरु गर्ने समयमा पनि म बिरामी परेँ । सन २००२ मा त्यो सो गर्दा मेरो मेरुदण्डमा धेरै दुखाइ हुन्थ्यो । कुर्सीमा बस्नै गाह्रो हुन्थ्यो । स्वास्थ्य जाँचपछि थाहा भयो कि मलाई हड्डीको ट्युबरक्लोसिस भएको रहेछ । उपचारपछि टिबीबाट पनि पूर्ण रूपमा मुक्त भएँ ।

मलाई अर्को एउटा घटना सधैँ स्मरण हुन्छ । सन १९८२ मा फिल्म ‘कुली’को सुटिङको दौरान एक एक्सन सिनमा घाइते भएँ । त्यतिखेर मेरो जीवन बचाउन करिब ६० बोतल रगत आवश्यक थियो । दुई सय मानिसले दिएको रगत चढाएर म बाँच्न सफल भएँ ।

तर, रक्तदान गर्ने एक व्यक्तिको रगतमा हेपटाइटिस बी भाइरस रहेछ । त्यतिखेर पहिचान हुन सकेन । भाइरस मेरो शरीरमा प्रवेश र्गयो । एकैचोटि सन् २००५ मा एक सामान्य जाँचमा पत्ता लाग्यो कि उक्त भाइरस मेरो शरीरभित्र रहेछ । भाइरसले मेरो कलेजोलाई ७५ प्रतिशत खाइसकेको रहेछ ।

आज म तपाईंमाझ उभिएर बोलिरहेको छु, केवल २५ प्रतिशत कलेजोको भरमा । रोगको पहिचान सही तरिकाले भएर, सही उपचार पाएपछि बाँकी कलेजो जोगियो । आज म सामान्य मानिसजस्तै आफ्नो जीवन व्यतीत गरिरहेको छु ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार