Bal-Umang

Bal-Umang

राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुग्यो- निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याल

 230 पटक हेरिएको

काठमाडौं माघ ८- राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएका छन ।निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले अन्तिम चरणमा पुगेको बताएका हुन ।
निर्वाचन  माघ २४ गते हुने भएको छ । सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि सोमबार आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षणको आरम्भ गर्दै उनले निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिए ।
आयोगले आगामी राष्ट्रिसभा निर्वाचनको तयारी, मतभार, मतगणना विधि र प्रक्रियाका बारेमा राजनीतिक दलका प्रतिनिधिलाई भोलि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ । प्रशिक्षमा सातै वटा प्रदेशका १५ जना प्राविधिकको सहभागिता रहेको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार