Bal-Umang

Bal-Umang

प्रदेश प्रमुखको सपथ ग्रहण सम्पन्न, प्रदेश सभा सदस्यको सपथ ग्रहण आइतबार

काठमाडौं । राजनीति गतिरोध लम्बिएर ढिलाई भइरहेको प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण कहिले हुने त्यसको टुंगो लागेको छ । प्रदेशसभा सदस्यहरुको सपथ माघ ७ गते आइतबार हुने भएको छ । नवनियुक्त प्रदेश प्रमुखहरुले सपथ लिएलगत्तै प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम तय गरेका हुन् ।

प्रदेश प्रमुखहरुले शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए ।

निर्वाचन आयोगले राष्ट्रपति भवनमै पुगेर प्रदेश प्रमुखहरुलाई प्रदेशसभाको अन्तिम मतपरिणाम बुझाएको छ । आयोगले प्रदेश सभाको परिणाम बुधबार सार्वजनिक गरेको थियो भने शुक्रबार समानुपातिक तर्फका सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ ।

प्रदेशका प्रमुखहरुले आइतबार आ–आफ्नो अनुकुल समयमा प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम राखेका छन् ।

प्रदेश १ को सपथ विराटनगरको वीरेन्द्र सभागृहमा आइतबार विहान ११ बजे प्रदेश प्रमुख गोविन्द सुब्बाले सपथ ग्रहण कार्यक्रम राखेको छन् ।
प्रदेश नम्बर दुईको प्रमुख रत्नेश्वर लाल कायस्थले जनकपुरमा बिहान ११ बजे प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमको समय तय गरेका छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार