Bal-Umang

Bal-Umang

माघ २४ गते चुनाव हुन नदिन कांग्रेस र वामगठबन्धनले यसरी रच्दैछन् षड्यन्त्र

काठमाडौं ३०, पुस । प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिएको डेढ महिना बितिसकेको छ । तर, सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने निर्णय लिन सकेको छैन् ।

संविधानतः प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी सरकारले तोक्ने प्रावधान छ । तर, अहिलेको सरकारले हतारमा यस्तो निर्णय लिन चाहेको छैन् । यसलाई बामगठबन्धनले सत्ताको आयु लम्बाउने चालबाजीका रुपमा हेरेको छ ।

काठमाडौं–लामो विवादपछि राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरिन् । त्यसपछि तुरन्तै समानुपातिक निर्वाचन परिणाम सार्वजनिक हुने, प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोकिने धेरैले अपेक्षा गरेका थिए ।

तर, राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण भएको दुई साता वित्दा पनि न समानुपातिक तर्फको निर्वाचन परिणाम सार्वजनिक भएको छ, न प्रदेश प्रमुख नै नियुक्त भएका छन, न त प्रदेशको अस्थायी राजधानी नै तोकिएको छ ।

अब यस्तो भएको छ सरकारले यस्तो निर्णयमा थप ढिलाई गरे राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यतालिका प्रभावित हुन सक्छ ।

सत्तापक्ष र विपक्षीका आ–आफ्ना तर्क रहेपनि प्रदेश प्रमुखको नियक्तिमा हुने ढिलाई सिधै राष्ट्रिय सभा निर्वाचनसँग जोडिन जान्छ, र असर चुनावी कार्यतालिकामा देखिनेछ ।

राष्ट्रिय सभा निर्वाचनका लागि माघ २४ गतेको दिन तय भैसकेको छ । त्यसका लागि माघ ७ गते अन्तिम नामवली प्रकाशन गर्ने दिन छ । तर, अहिलेसम्म प्रदेश सांसदलाई सपथ खुवाउने स्थान र व्यक्ति नियत्ति भएका छैनन् । राष्ट्रिय सभाका लागि स्थानीय तहका प्रमुखरउप्रमुख सहित दुई हजार ५६ मतदाता रहेका छन् ।

यस्तो अवस्थामा माघ ६ गतेसम्म प्रदेश संसदले सपथ लिन पाएनन् भने स्वत आयोगको निर्वाचन कार्यतालिका हेरेफेर हुनेछ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार