पृथ्वी जयन्तीका दिन किन डराए फोरम नेता आङकाजी शेर्पा ?

काठमाडौं । पृथ्वी जयन्तीको दिन चर्को स्वरमा विरोध गर्ने संघीय समाजवादी फोरम नेपालका नेता एवं जनजाति अगुवा आङ्काजी शेर्पा यसपाली निकै नरम देखिएका छन् । पृथ्वी जयन्तीको दिन काठमाडौंमा अनेक थरी विरोधका कार्यक्रम गर्ने नेता शेर्पाले पुस २७ गतेको दिनलाई कृतिपुरमा पृथ्वी नारायण शाहको शालिकमा थुकेर विरोध गरी मनाएका छन् ।

पछिल्ला वर्षको जस्तो नेता शेर्पाले यसवर्ष खुलेर विरोध जनाउन डराएका छन् । सांकेतिक विरोध जनाएपनि पहिले जस्तो उनले उग्ररुप देखाउन डराएको भनेर उनको कार्यक्रममा सहभागी एक नेताले बताए । पृथ्वी जयन्ती मनाउनाले जनजाति समुदायले आफ्नो अपमान भएको भन्दै यो दिनलाई कालो दिवसको रुपमा मनाउने घोषणा गरेका थिए ।

सामाजिक संजालमा निकै लोकप्रिय रहेका आङकाजी शेर्पाले यो दिनको विरोध कार्यको अगुवाई गरेका थिए । उनले नै आह्वानमा कृतिपुरमा पृथ्वी नारायण शाहको शालिकमा थुक्ने कार्य भएको थियो । उनको समाजिक संजालमार्फत प्रत्यक्ष प्रसारण गरेका थिए । तर यो उनको विरोधको लागि विरोध मात्र भएको केही जनजाति नेताहरुले प्रतिकृया दिएका छन् ।

फोरम नेपालका नेता शेर्पाले पृथ्वी जयन्तीको अपमान गरेपनि सोही पार्टीका उपाध्यक्ष युवराज कार्कीले भने आफ्नो सामाजिक सञ्जाल मार्फत् पृथ्वी जयन्तीको अवसरलाई एकता दिवस मानेर शुभकामना व्यक्त गरेका थिए ।

किन विरोधका लागि विरोध मात्र भने त अरु जनजातीहरुले भन्ने विषयमा केही नेताहरुले भने, ‘यदि उनले विरोध नै गर्नु थियो भने राष्ट्रपतिले गरेको कार्यक्रममा गएर विरोध गर्न सक्नु पथ्र्यो । उनले २४० वर्ष पुरानो शासकको नाममा थुकेर केही पनि नपाहिने बताए । यो त अहिलेका यथास्थितिवादी नेताहरु एकल जातिय आफनो शासनलाई अझै पनि आफनो प्रभुत्व कायम गरी जनजाति, आदिवासी, दलितहरुलाई शासन भन्दा परै राखि आफना सन्तानलाई फेरी स्थापित गराउने प्रपञ्च रहेको छ । यसमा सबै ठूलापार्टीहरुको उच्चनेताहरु कै र अहिलेको कर्मचारीतन्त्रले यो भूमिका खेलेको छ ।’

यद्यपि, पृथ्वी जयन्तीका दिन केही विरोधी समूहले सांकेतिक विरोध जनाए पनि नेपाल सरकारले गणतन्त्र स्थापनापछि पहिलो पटक पुष २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाएको छ । उक्त कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारीले नै सहभागिता जनाएकी छन् ।
प्रधानमन्त्री र बहालवाला मन्त्रीहरु समेत पृथ्वी जयन्ती समारोहमा उपस्थित भए । सैनिकको सलामीसहित गरिएको उक्त कार्यक्रमले नेपालमा पुनः पञ्चायतको झझल्को दिएको थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार