Bal-Umang

Bal-Umang

पुर्वाञ्चलस्तरीय प्रथम इञ्जिनियरीङ तथा इन्डष्ट्रियल एक्स्पो शुरु

काठमाण्डौ पुस २८- नेपाल तराई विद्यार्थी नवजागरण संघको आयोजनामा धरानको पुर्वाञ्चल क्याम्पसमा पुर्वाञ्चलस्तरीय प्रथम इञ्जिनियरीङ तथा इन्डष्ट्रियल एक्स्पो २०१८ शुरु भएको छ ।
सोही क्याम्पस, कृर्षि इञ्जिनियरीङ, मेकानिकल , का सिभिल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, आर्किटेक लगायत विभिन्न विभागका विद्यार्थीहरुको प्रोजक्ट वर्क अर्थात नयाँ खोज, आविष्कारहरु प्रदर्शनीमा राखिएको छ । एक्स्पोमा विउ छर्ने मेशिन, आकाशे पानीलाई संकलन गरेर पिउन योग्य बनाउने प्रविधि, सोलर ड्रायर, धान रोप्ने मेशिन, मोवाइलबाट एलइडि स्क्रिनमा सूचना पठाउने प्रविधि, भूकम्प प्रतिरोधी घर, घुम्ने पुल, फ्लाई ओभर सिस्टम, आवजले नै बत्ति, पंखा, एसि, टिभि खोल्न र बन्द गर्ने अटो मोसन प्रविधिलगायत खोज तथा आविष्कारहरु अवलोकन गर्न सकिन्छ ।
तीन दिने एक्स्पोमा करिब २५ हजारले अवलोकन गर्ने आयोजक संघको अनुमान गरेको छ । एक्स्पोको क्रममा क्याम्पस भित्रका विद्यार्थीहरुबीच मेज सल्भ वार र कलेज बाहिरका विद्यार्थीहरुबीचमा रोबो वार प्रतियोगिता पनि हुनेछ । यसको लागि रोबोटिक क्लबले विभिन्न कलेज र स्कुलका विद्यार्थीहरुलाई प्रशिक्षणसमेत गराएका थियो ।
पढाईको क्रममा व्यावहारिक प्रयोग गर्दा केही न केही उपलब्धी, प्रविधिको आविष्कार भएको दोस्रो बर्षका विद्यार्थी रेगन कार्कीले बताए । कृर्षि इञ्जिनियरीङका विभागीय उपप्रमुख समीर शाक्यले एक्स्पोमा राखिएको विद्यार्थीहरुको आविष्कारले प्रदेश नं १ लाई इञ्जिनियरीङ र औद्योगिक क्षेत्रमा उचाईमा पुर्याउन सकिने बताए । एक्स्पोमा ५० वटा स्टल रहेको छ । भने इटहरी, धरानलगायत विभिन्न स्थानका प्राविधिक कलेज र विद्यालयका विद्यार्थीहरुले पनि आफ्नो प्रोजेक्ट प्रर्दशनीमा राखेका छन ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार