धनकुटाको छिन्ताङ हत्यकाण्डकमा मारिएका १६ जनालाई शहिद घोषणा गर्ने

काठमाडौं, पुस २८ । मन्त्रिपरिषद बैठकले पचायतकालमा छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गर्न निर्णय गरेका छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उनिहरुलाई शहित घोषणा गर्न निणर्य गरेको हो । २०३६ कार्तिक २७ गते धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको मृत्यु भएको थियो । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका बेला ३८ वर्षपछि सरकारले मृतकहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार