पृथ्वीनारायण शाहको कदर र सम्मान गर्दै एकिकरणको पूर्णताको महा यज्ञमा सहभागी बनौ:युबराज कार्की

पृथावीनारायणको संझनामा दुई शव्द

दक्षिण एशियामा स-सना ग्रामिण राज्य र सहरी राज्यको विकाश हजारौ वर्ष पहिले(मोहनजोदणा,हडप्पा शभ्यता) देखिको निरन्तरता पाईन्छ।
खास गरेर युनानी विश्व विजेता अलेक्जेन्डरको आगमन पछि त्यस्ता स-साना राज्यले आफ्ना परम्परा,सांस्कृति,शभ्यता र स्वाधिनता रक्षा गर्न सक्दैनन् र समाप्त हुन्छन भन्दै यस्को रक्षाकालागि सम्राज्यकोआवस्यकता छ भन्ने चिन्तन विष्णू गुप्त (चाणक्य/कौटिल्य)ले विकाश गरे।
कौटिल्यको चिन्तनको व्यबहारमा उत्कृर्स परिणत उन्को मृत्यु पस्चात महान अशोकाले प्राप्त गरे।आफ्नो समयको विश्व कै सबैभन्दा ठूलो सम्राज्य निर्माण गर्दा महान अशोकाको सेनाले गरेको काहालिलाग्दो नर संहार सम्झना मात्र त्रासदिलाग्दो ईतिहास पाईन्छ।
आधुनिक भारतमा कौटिल्यलाई सर्बथा सम्मानित गुरू मानिन्छ।महान अशोकाको सम्राज्यबाट आधुनिक भारतको निव स्थापना भएको सम्झदै अशोकको सम्मानमा भारतको राष्टिय ध्वजमा अशोक चक्र राखिएको छ।
हिमालयको काख हाम्रो भू भागमा पनि कौटिल्य कै अध्यनबाट प्रेरित भई पटक पटक एकिकरण भएको ईतिहास पाईन्छ। लिक्ष्विकालिन मानदेव,मल्लकालिन यक्ष मल्ल,सिंजा केन्द्रित खस सम्राज्य,पाल्पा केन्द्रित मुकुन्द सेनले निर्माण गरेका सम्राज्य केहि उल्लेखनिय उदाहरण हुन।
आधुनिक कालमा गोरखाका राजा पृथ्वी नारायण शाहको नेतृत्वमा ठकुरी,खस,मगर,तामाङ,मधेसी लगायतले प्रत्यक्ष र वाहुन,लिम्वू लगायत अप्रत्यक्ष सहभागि भै नेपाल निर्माणको अभियान सुरू भएको हो।यस अभियानको ठूलो हिस्साको नेतृत्व बहादुर शाहले गरेको ईतिहास पाइन्छ।
विश्वको कुनै पनि स-सान राज्य या कविलाई अवस्थाबाट सम्राज्य निर्माणको अभियानमा रक्त रंजित रहित ईतिहास अपवादमा पनि पाईन्न।पृथ्वी नारायणको अभियान पनि अपवाद रहेन।यसैले नेपाल निर्माण क्रममा स्थानिय स्वाधिनताको रक्षामा अनेक सपूतले वलिदान दिएको यथार्थलाई इन्कार गर्न सकिन्न।
यति हुदा हुदै पनि आधुनिक नेपाल निर्माणले यस भू भागका सबै जाति अंग्रेजको औपनिवेषिक गुलाम बन्नबाट बचेका छन। आफ्नो परमपरा,भाषा,सांस्कृति,मूल्य मान्यता र पहिचान जिवित राख्न सकेका छन।कहिले गुलाम नबनेको नेपाली नागरिक भएकोमा गर्व गर्ने अवसर प्राप्त गरेका छन।यी सब तथ्यका आधारमा हामी भन्न सक्दछौ की एकिकरणको क्रममा भएका वलिलान प्रसव पिडा जस्तै हुन।
यो अर्को तितो सत्य हो की पृथ्वीनारायणका उत्तराधिकारीले सबै जातिको फूलवारीको रूपमा व्यबहार नगरि यहाका तमाम राष्टियता माथि लगातार सामाजिक,सांस्कृतिक र राजनीतिक विभेद,दमन र बहिष्करणगर्दै बाध्यतावसको अन्यायपूर्ण सह-अस्तित्व हठात कायम गरे।यस्ले एकिकरणको पूर्णताकालागि आवस्यक जाति विचको भावनात्मक सौहार्दता ठाउमा तिक्तता र दुरी झन बडायो।
यसैले आजको हाम्रो पिडीलाई पृथ्वीनारायणले श्रीगणेश गरेको एकिकरणको महान अभियानमा रहेको कमि(राष्टियता विचको भावनात्मक एकता कायम गर्ने)हटाउने यूगिन दायित्व ईतिहासले सुम्पेको छ।
आफू नेपाली भएकोमा गर्व गर्ने प्रत्येक नेपालीले पृथ्वीनारायण शाहको कदर र सम्मान गर्दै एकिकरणको पूर्णताको महा यज्ञमा सहभागी बनौ।
युबराज कार्की

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार