Bal-Umang

Bal-Umang

इलाममा भाईले दाजुको हत्या गरे

काठमाण्डौ पुस २७। इलाम देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको छ ।
सामान्य भनाभनपछि डिल्लीले गंगालाई करिब १ बजेतिर दाउराले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । मादकपदार्थ सेवन गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अभियुक्त डिल्लीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । हत्यापछि डिल्लीले इलाम नगरपालिका–११ सोयाककी सात वर्षीया सन्ध्या आचार्यलाई समेत कुटपिट गरेको बताइएको छ । सन्ध्यालाई उपचारका लागि इलाम अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार