तेह्रथुमको टिएमजे क्षेत्रमा पाच बर्ष देखियता हिँउ पर्नै छाडे

तेह्रथुम पुस २६ तेह्रथुमको टिएमजे क्षेत्रमा पाच बर्ष देखियता हिँउ पर्नै छाडेको छ । हिंउ पर्ने छाडेपछि त्यहाका स्थानियवासीहरु भने चिन्तीत छन ।
हिउँले भरिने पहाडहरुमा हिउँ क्रमश घट्दै गएको छ । कृषकहरु भने अझै हिउँ पर्छ कि भन्ने आशमा छन । हिउँ परेन भने खडेरी लाग्छ ।’बिहान बेलुकी बाक्लो कुहीरो लाग्छ तर हिउँ परेको छैन । प्रर्याप्त पानीको मुहानहरु नभएको यस क्षेत्रमा हिँउ पर्दा जमिन असिरो हुँदा किसानहरुलाई खेती लगाउन सहज हुने गरेको थियो । हिँउ पर्दैन पानीको मुहानहरु सुक्दै गएपछि खेती लगाउनको लागि समस्या भएको स्थानियहरुको दुखेसो गरे।
पहिले हिमाली क्षेत्रका याकचौरीहरुको खर्कहरु बेशी सर्ने गरेका थिए । याकचौरी खर्क देखि बेशी झार्नेहरुको संंख्यामा कमी आउन थालेको सुके बजारकै छिरिङ सेर्पाले जानकारी दिए । टिएमजे क्षेत्रमा हिँउ पर्दा हिउँ खेल्न आउने पर्यटकहरु तुसारो हेरेरै फर्किने गरेका छन । पहिले हिउँ पर्दा यहाँका स्थानीय बिद्यालयहरुमा पठनपाठन समेत प्रभाबित हुने गरेको थियो । एक दशकअघि यो समयमा तेह्रथुम, संखुसभा र ताप्लेजुङको सिमा क्षेत्र तिनजुरे मिल्के जलजलेमा हिँउले ढाकेर सेतै देखिन्थ्यो । हिउँ परेर सेतै देखिने टिएमजे क्षेत्रमा अहिले हिँउ पर्नै छाडेको छ । एक दशकअघि यो समयमा तेह्रथुम, संखुसभा र ताप्लेजुङको सिमा क्षेत्र तिनजुरे मिल्के जलजलेमा हिँउले ढाकेर सेतै देखिन्थ्यो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार