राष्ट्रिय पुरुष र महिला बक्सिङ प्रतियोगिता हुदै

झापा पुस २३-राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा खुल्ला राष्ट्रिय पुरुष तथा महिला बक्सिङ झापा प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय च्याम्पियनसीप अन्तर्गत २७ औं राष्ट्रिय पुरुष बक्सिङ र आठौं महिला बक्सिङ प्रतियोगिता शुरु भएको हो ।
आगामी पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीसहित देशभरिका २८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा महिला र पुरुष गरी दुई सय १० जना खेलाडी तथा ५२ जना निर्णायकहरुको सहभागिता रहेको जिल्ला खेलकुद् विकास समितिका उपाध्यक्ष भेषराज भण्डारी प्रशान्तले जानकारी दिए ।

प्रतियोगितामा पुरुषको १० वटा तौल समूह र महिलाको आठ वटा तौल समूहमा खेल शुरु भएको छ । पुरुषतर्फ ४९ केजी, ५२ केजी, ५६ केजी, ६० केजी, ६४ केजी, ६९ केजी, ७५ केजी, ८१ केजी, ९१ केजी र ९१ केजी प्लस तौल समूह र महिलातर्फ ४९ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६४ केजी, ६९ केजी तथा ७५ केजी तौल समूहमा खेल भइरहेको आयोजक जानकारी दिएको छ ।

प्रतियोगिता झापा जिल्ला खेलकुद विकास समितिको संयोजन र झापा जिल्ला बक्सिङ संघ तथा पूर्वेली युवा क्लव बिर्तामोडको स्थानीय संयोजनमा शुरु भएको बताइएको छ । आयोजक समितिका संयोजक रमेश चौधरीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार