Bal-Umang

Bal-Umang

बिर्तामोडको होटलमा यौनजन्य विकृति रोक्न प्रहरीको सक्रियता ,एक बर्षमा ९९ जना पक्राउ

बिर्तामोड पुस २३- पछिल्लो समय बिर्तामोडमा सञ्चालित अधिकांश होटलमा युवती राखेर अनैतिक क्रियाकलाप हुने जनगुनासो बढेसका थिए । त्यस लगतै सञ्चालित होटलमा हुँदै आएको यौनजन्य विकृति रोक्न प्रहरीले विशेष सक्रियता अपनाएको थियो ।
प्रहरीले चालूआर्थिक वर्षमा बिर्तामोडमा सञ्चालित होटलबाट ९९ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरेको छ । प्रहरीले मंसीरयता मात्रै ४८ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको छ । जसमा २१ पुरुष २७ महिला परेका छन । अधिकांश होटलमा अनैतिक क्रियाकलापमा संलग्न युवतीहरु पश्चिम नेपालका छन । प्रहरी स्रोतका अनुसार सिन्धुपाल्चोक, काभ्रे, धरान, धनकुटा घर बताउने युवतीहरु यस्तो गतिविधिमा संलग्न हुने गरेका छन । केही महिला र केही विद्यार्थीहरु समेत यस्तो कार्यमा संलग्न रहेको बताइएको छ ।
होटलमा हुने यौनजन्य गतिविधि रोक्न पहिलो प्रयास गरेको प्रहरी नायव उपरीक्षक राजकुमार सिलवालले बताएका हुन । उनले सो समयमा अधिकांश होटलमा छापा मार्दै होटल सञ्चालकलाई समेत सार्वजनिक मुद्दा र दुई जनालाई मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न भएको भन्दै मुद्दा नै चलाए । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै मुद्दा चलाएका दुई होटल सञ्चालक अहिले पुर्पक्षका लागि थुनामा छन ।
सो समयमा पक्राउ परेका अधिकांश युवा–युवती धरौटीमा रिहा भए पनि पुनः सोही धन्दामा लागेको भन्दै प्रहरीले थप अप्रेशन शुरु गर्यो । त्यसयता बिर्तामोडका २० भन्दा बढी होटलबाट अनैतिक क्रियाकलापमा संलग्न युवायुवती धमाधम पक्राउ परे । प्रहरीले बिर्तामोडमा सञ्चालित अधिकांश होटलमा दिनहुँजसो छापा मादै आएको छ । त्यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गर्न तथा होटल सञ्चालकलाई समेत मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाउन थालेको हो । अहिले पहिला भन्दा होटलमा हुने यौनजन्य विकृतिमा कमी आएको प्रहरीले जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार