Bal-Umang

Bal-Umang

सोलुखुम्बु गायन स्टार सिजन–२ को उपाधि लुक्लाका सुनकुमार तामाङले हात पारे

सल्लेरी, सोलुखुम्बु, २३ पुस -सोलुखुम्बु गायन स्टार सिजन–२ को उपाधि लुक्लाका सुनकुमार तामाङले हात पारेका छ ।

उपाधी सहित तामाङले बजाज कम्पनीको मोटरबाइकका साथमा रु १० हजार प्राप्त गरेका थिए । प्रतियोगितामा विनोद राई उपविजेता तथा भोजकुमार राई तृतीय स्थानमा हात पारेका थिए । डोमा शेर्पा, खगिन्द्र नाछिरिङ, रञ्जना राई र केशव राई क्रमशः चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहेका थिए । द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार र रु २० हजार तथा अन्यले रु पाँच पाँच हजार प्राप्त गरेका छन् ।

जिल्लाका विभिन्न स्थानमा लुकेर रहेको गायन प्रतिभालाई बाहिर ल्याउने उद्देश्यसहित क्लब केन्द्रीय कार्यालय सोलुखुम्बले प्रतियोगिता आयोजना गरेको हो । सोलुखुम्बुका हकमा गायन प्रतियोगितामध्ये यो सबैभन्दा ठूलो पुरस्कार राशिको प्रतियोगिता हो ।
गायिका कुन्ती मोक्तानले प्रतियोगितामा गायिका कुन्ती मोक्तान, संगीतकार तथा गायक वसन्त सापकोटा र गायक राजेशपायल राई सोलुखुम्बु रहेका थिए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार