Bal-Umang

Bal-Umang

चलचित्र मिष्टर झोले अब चाडै प्रदर्शन हुने


काठमाडौं
पुस १४– रामबाबु गुरुङ निर्देशित चौथो चलचित्र ‘मिष्टर झोले’यहि २८ गतेबाट प्रदर्शन हुने भएका छन ।‘मिष्टर झोले’को बम्पर ओपनिङ हुने दाबी गरे ।
राजधानीमा आयोजित पत्रकार भेटघाटको क्रममा निर्देशक गुरुङले सो दाबी गरेका छन । ‘मिष्टर झोले’ फरक कथा र फरक परिवेशमा उत्कृष्ट चलचित्र बनाउने कोसिस गरेको छु’ गुरुङले भने ‘यो मेरो सबैभन्दा राम्रो चलचित्र हुनेछ ।’ पुरानो ढुङ्गाले लगाएको दाग समेत ‘मिस्टर झोले’ले मेटाउने उनको भनाई रहेको छ ।
कार्यक्रममा अभिनेता दयाहाङ राइको समेत उपस्थिती रहेको थियो । दयाहाङले पनि ‘मिष्टर झोले’ चलचित्र ‘झोले’ भन्दा पृथक रहेको सुनाए । ‘‘मिस्टर झोले’ चलचित्र ‘झोले’ भन्दा विल्कुलै फरक छ ।’ दयाहाङले भने ‘बाहिरको रंग उस्तै लागेपनि चलचित्रको प्रस्तुती र कथा फरक छ ।’ चलचित्र र आफ्नो अभिनय दर्शकले रुचाउनेमा राइ ढुक्क छन ।निर्माता टेकेन खड्काले ‘मिस्टर झोले’लाई चलचित्र ‘झोले’को सिक्वेल बनाउन चाहेपनि आफ्नो इच्छा पुरा नभएको सुनाए । ‘मेरो चाहना त ‘झोले’को सिक्वेल नै निर्माण गर्ने थियो’ उनले थपे ‘तर कथा लेख्दै गर्दा बेग्लै बन्न पुग्यो ।’ कार्यकारी निर्माता रौनक बिक्रम कँडेलले ‘मिस्टर झोले’ पूर्ण मनोरञ्जन दिने चलचित्र बनेको सुनाए । चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार