Bal-Umang

Bal-Umang

समाजवादी पार्टीका सांसद ‘स्वतन्त्र तिब्बत’ पक्षधरको कार्यक्रममा

काठमाडौं – समाजवादी पार्टीका एक सांसद ‘फ्रि तिब्बत’ समूहको कार्यक्रममा सहभागी भएकाे तथ्य बाहिर अाएपछि पार्टीले स्पष्टिकरण साेध्ने तयारी गरेकाे छ।

पर्साबाट निर्वाचित सांसद प्रदीप यादवले पार्टीलाई जानकारी नदिएरै राजपा सांसद एकवाल अहमदसँग युरोपको लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी भएको तथ्य बाहिर अाएपछि पार्टीले स्पष्टिकरण साेध्ने तयारी गरेकाे हाे। सत्तारुढ पार्टीकै सांसद ‘फ्रि तिब्बत’ अभियानमा सहभागी भएपछि चिनियाँ पक्षले असन्तुष्टि जनाएको छ। चिनियाँ असन्तुष्टिपछि समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री

उपेन्द्र यादवले बुधवार विज्ञप्ति जारी गरेर सांसद यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको र यसबारे उनसँग स्पष्टिकरण लिइने बताएका छन्। चित्तबुझ्दो जवाफ नआए अनुशासनको कारबाही गरिने उनको स्पष्टोक्ति छ।

सामाजवादी पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष यादवले सांसद यादवले ‘फ्रि तिब्बत’ समूहको कार्यक्रममा राखेको धारणा पार्टीको धारणा नभएको समेत स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार