Bal-Umang

Bal-Umang

‘मिडियासम्बन्धी विधेयक आफैं फिर्ता लिए हुन्छ’

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूहरु प्रेस स्वतन्त्रताकै लागि लडेकाले व्यवस्थित गर्न मात्र खोजेको जिकिर गरेका छन्। संविधानमै पूर्ण प्रेस स्वतन्त्रता रहेकाले प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने समेत बताए।

मंगलबार हेटौंडामा राष्ट्रिय सूचना प्रविधी केन्द्रको डिजास्टर रिकभरी सेन्टर उद्घाटन गरेपछि उनले
डेढ करोडको जरिवाना लगाउने कानून बनाउन लागेको समाचार प्रकाशित भएकोमा पनि उनले तिब्र रोष प्रकट गरे। 

‘अब गजब के भइसक्यो भने प्रेस स्वतन्त्रता खोस्यो, लुट्यो भनेर हिड्या छ,’ उनले भने, ‘त्यो काम नगरौ, मिडियाप्रति सरकारको कुनै दुश्मनी छैन।’ मिडिया क्षेत्रलाई सबल बनाउन सरकारले मिडिया र श्रमजिवीको पक्षमै ऐन ल्याउन खोजेको बताए।

डेढ करोडको जरिवाना लगाउने कानून बनाउन लागेको समाचार प्रकाशित भएकोमा पनि उनले तीब्र रोष प्रकट गरे। ‘पत्रकारहरु आफैंले कानून बनाउनु भो, आफैले होहल्ला गर्नु भो, आफैले बिरोध, धर्ना, आन्दोलनको घोषणा गर्दै हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले भ्रमको खेती गर्नु राम्रो होइन, त्यो टिक्दैन धेरै दिन।’संसदमा पेश नै नगरेको बिधेयक फिर्ताको माग गरेको भन्दै उनले पत्रकारका अगुवालाई भने, ‘आफैं फिर्ता लिए हुन्छ।’

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार