Bal-Umang

Bal-Umang

भोलि सूर्यले राशि परिवर्तन गर्दै, यी राशिलाई मिल्नेछ लाभ

भाेलि जेठ १ गते बिहान ११ बजेर ३३ मिनेट अर्थात् १५ मेको दिन सूर्य मेष राशिबाट वृष राशिमा सर्ने भएको छ । सूर्य वृष राशिमा रहुन्जेल् बृहस्पतिको पनि दृष्टि रहनेछ। सूर्य र बृहस्पतिको उत्तम सम्बन्ध रहनाले आम जीवनमा सुखद लक्षणहरु देखा पर्न सक्छन्। तर विवाहमा भने सिधा नकारात्मक असर हुन सक्छ। सूर्य राशि परिवर्तनको असर १ महिना सम्म रहने हुन्छ।

शास्त्रअनुसार यदि कुनै व्यक्तिको कुण्डलीमा सूर्य शुभ स्थितिमा रहेको छ भने उसको भाग्य चम्किनेछ र समाजबाट मान-सम्मान प्राप्ति हुने गर्छ । त्यहीँ कुण्डलीमा सूर्य अशुभ स्थितिमा हुनाले समस्या आउने गर्दछ ।

राशि परिवर्तनको सामान्य प्रभाव कस्ता हुन्छन् ?

-गर्मी बढ्ने अनि आगजनीको समस्या बढ्ने हुन सक्छ।

-राजनीतिमा पनि असर पर्न सक्छ।

-उच्च पदमा बस्नेहरुलाई लाभ मिल्न सक्छ।

-सवारी साधन चलाउनेहरुले सावधानी अपनाउनुपर्ने हुन्छ।

-वायूको समेत प्रभाव बढ्न सक्छ।

राशि अनुसार कस्तो प्रभाव ?

मेष राशि हुनेहरुको दैनिकीमा ठूलो परिवर्तन हुन सक्छ। आर्थिक रुपमा पनि लाभ मिल्न सक्ला। प्रेममा सफलता मिल्न सक्छ।

वृष हुनेहरुलाई सम्मान र आर्थिक लाभ मिल्न सक्छ। पदोन्नतीको पनि योग बन्न सक्ला। यात्रा सुखद रहनेछ।

मिथुन राशि हुनेहरुले यात्रा गर्दा सावधानी अपनाउनु पर्ने हुन्छ। बोल्दा पनि ध्यान पुर्याउनु पर्ला। कानुनी रुपमा झमेला बढ्न सक्छ।

कर्कट राशि हुनेहरुको नयाँ काम शुरु हुने अथवा रोकिएको काम सम्पन्न हुने योग बन्न सक्छ। स्वास्थ्यमा सुधार हुन सक्ला भने अध्ययनमा रूची बढ्नेछ।

सिंह राशि हुनेहरुलाई सूर्यको राशि परिवर्तनले कार्यस्थलमा लाभ मिल्न सक्छ। राजनीतिक रुपमा सफलता मिल्न सक्ला। यात्रा सफल हुनेछ।

कन्या राशि हुनेहरुलाई सूर्यको राशि परिवर्तनले मध्यम लाभ दिलाउन सक्ला। स्वास्थ्यमा सुधार भएपनि मानसिक रुपमा तनाव बढ्नेछ। प्रेम सम्बन्ध भने राम्रै रहन सक्ला।

तुला राशि हुनेहरुले दुर्घटना देखि बच्न कोशिस गर्नुपर्नेछ। आर्थिक लगानी गर्ने समयमा समस्या रहन सक्ला। सरकारी पक्षसँगको तनावले घाटा पुर्याउन सक्ला।

वृश्चिक राशि हुनेहरुको वैवाहिक जीवनमा सिधा असर पर्न सक्छ भने कारोबारमा पनि उचित ध्यान दिनु पर्नेछ। खेलाडीहरुले पनि चोट देखि बच्नको लागि ध्यान दिनु उची हुनेछ।

धनु राशि हुनेहरुलाई पनि सूर्य राशि परिवर्तनले नकारात्मक असर पर्नेछ। गोपनियतामा ध्यान दिनु पर्न सक्ला। आर्थिक रुपमा समस्या बढ्न सक्ला।

मकर राशि हुनेहरुले नयाँ कार्य थालनी नगरेकै उचित हुनेछ। झैँ-झगडा बढ्ने देखिन्छ। मन विचल्लित हुन सक्ला।

कुम्भ राशि हुनेहरुलाई आर्थिक लाभ मिल्न सक्छ। बिग्रिएका सम्बन्ध सुधार्ने मौका मिल्न सक्ला। वैदेशिक यात्रामा निस्किने मौका मिल्नेछ।

मीन राशि हुनेहरुलाई जीवनमा परिवर्तन भएता पनि कष्ट भने बढ्नेछ। आफ्नै भनिएकाहरुबाट धोका मिल्न सक्ने हुँदा सावधान रहनु उचित हुन सक्ला।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार