Bal-Umang

Bal-Umang

प्रहरी प्रवक्तामा डिआईजी पोखरेल

काठमाडौं – भ्रखैरै एसएसपीबाट डिआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयले केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको छ।

प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमासञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि डिआईजी पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी तोकिएको जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी डिआईजी पोखरेललाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाएको छ। यसअघि प्रहरी प्रवक्तामा उत्तम सुवेदी थिए। उनको महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार