Bal-Umang

Bal-Umang

सबै पत्रकारलाई बदनाम गरायो, म कमेन्ट गर्न सक्दिनँ : मन्त्री यादव(विज्ञप्ति)

काठमाडाैँ – समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबै पत्रकारलाई बदनाम गराउने काम एभिन्युज च्यानलबाट भएको बताएका छन्।

हिजो एभिन्यूज टेलिभिजनको प्रत्यक्ष प्रशारणमा आफूलाई ‘तपाईं जानसक्नुहुन्छ’ भनेपछि कार्यक्रम छाडेर हिँडेको विषयमा आफूले धेरै प्रतिक्रिया जनाइरहनु आवश्यक नरहेको भन्दै उनले भने,‘यो मेरो व्यक्तिगत कुरा हैन। यसले सबै पत्रकारलाई बद्नाम गरायो नि!’

सामाजिक सञ्जालमा देखिएको त्यसको प्रतिक्रियाबारे भने,‘ठीकै छ।’ उपप्रधानमन्त्री यादवले भने,‘ठीक छ। त्यो त यहाँहरूले नै जज गर्ने विषय हो। इथिक्स र मोरालिटी लस्ट भइसकेपछि बाँकी के कमेन्ट गर्नेरु म कमेन्ट गर्न सक्दिनँ।’

मिडियाले अतिथि भनेर बोलाएर दुव्र्यवहार गर्‍यो भन्ने तपाईंको भनाइ हो भन्ने अर्को प्रश्नमा उनले भने,‘नैतिकता लस भएपछि, इथिक्स पनि नरहेपछि पत्रकारिताको न्यूनतम मोरालिटी लष्ट भएपछि सबै पत्रकारलाई बद्नाम गरायो नि। यो मेरो व्यक्तिगत कुरा हैन।’

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार