Bal-Umang

Bal-Umang

चीनमा उत्पादन भएको ६६ मेट्रिक टन युरिया मल नियन्त्रणमा

कपिलवस्तु – चीनमा उत्पादन भएको शङ्कास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरेको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शिवराज नगरपालिका वडा नं ७ मा रहे को जय अम्बे प्लाइउड इण्डट्रिज रुद्रपुर र पशुपती प्लाइउड इण्डट्रिज कम्पनी लोहरौलाबाट ठूलो मात्रामा युरिया मल नियन्त्रण गरिएको हो।

सुराकीका आधारमा दुई हजार ६४० बोरा मल नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ। चार सय ४० बोरा मल कम्पनीमै सिल गरिएको छ भने अन्य मल कन्टेनरसहित प्रशासनको नियन्त्रणमा रहेको छ। चीनमा उत्पादन भएको युरिया मल प्लाइउड कम्पनीले भारतको कालकता बन्दरगाह हुँदै भैरहवा भन्सार कार्यालयमार्फत नेपाल प्रवेश गरेको थियो ।

शनिवार बिहान कम्पनीमा मल पुगेपछि प्रशासनले कन्टेनरसहित नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए । किसानले समयमा मल नपाउँदा चिन्तित भएका बेला उद्योगमा भारीमात्रमा मल भेटिनुमा समेत शङ्का गरिएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार