Bal-Umang

Bal-Umang

केन्द्रले प्रदेशलाई बजेट नदिएको प्रदेश मन्त्री यादवको खुलासा

जनकपुर–प्रदेश नं २ का आर्थिक मामिला एवं योजनामन्त्री विजयकुमार यादवले केन्द्रीय सरकार सम्पूर्ण बजेट केन्द्रमा राखेको खुलासा गरेका छन्। नेपाल धितोपत्र बोर्डद्वारा आयोजित कार्यक्रममा मन्त्री यादवले केन्द्र सरकारले ८५ प्रतिशत बजेट केन्द्रमा र बाँकी १५ प्रतिशतमा सातै प्रदेशलाई दिएकोमा आपत्ति जनाए।

उनले सरकारको यस्तो रवैयाले सङ्घीयतालाई औचित्यहीन सावित गर्ने प्रयास गरेको उनले आरोप लगाए। उनले अर्थतन्त्रको स्थितिलाई मापन गर्ने आर्थिक ऐनाका रूपमा पूँजी बजार भएकाले लगानीयोग्य बचतको कमीले देखिएको तरलता सङ्कटलाई समाधान गर्न उन्मुख हुनुपर्ने खाँचो औँल्याए ।

प्रदेशसभा सदस्य रामअशीष यादवले प्रदेशको आर्थिक समृद्धिका लागि कर्पोरेट टयाक्स प्रदेश सरकारलाई उपलब्ध गराउनु जरूरी भएको बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले बोर्डले लगानीकर्ताको हित, पूँजी बजारको विकास र नियमन गरी रहेको जानकारी गराउँदै आर्थिक विकासका लागि पूँजीबजारलाई प्रोत्साहन गरी यसको स्थायित्व विकास र विस्तारमा सबैको सहयोगको आवश्यकता रहेको बताए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार