Bal-Umang

Bal-Umang

समाजवादी पार्टीले तल्लो तहको कमिटी समायोजनका लागि कार्यदल गठनसहित गर्यो ५ निर्णय

काठमाडाैँ – समाजवादी पार्टी नेपालले तल्लो तहको कमिटी समायोजनका लागि कार्यदल गठनसहित ५ वटा निर्णय गरेको छ। समाजवादी पार्टीको पदाधिकारी बैठकले सर्वसहमतिमा उक्त निर्णय गरेका हुन्। बिहीबार बसेको बैठकले विभिन्न पार्टीलाई एकता प्रक्रियामा सहभागी गराउन एक वार्ता समिति समेत गठन गरिएको छ ।

समितिमा राजेन्द्र श्रेष्ठ, पर्शुराम खापुङ्ग, नवराज सुवेदी र रामसहाय यादव रहेका छन् । यस्तै बैठकले आगामी ज्येष्ठ ११ देखि २५ गतेसम्म ८ स्थानमा अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ भने कार्यालय व्यवस्थापनको जिम्मेवारी हिसिला यमी र प्रकाश अधिकारीलाई दिइएको छ। सञ्चार सम्पर्कको लागि प्रशान्त सिंहको नेतृत्वमा विश्वदीप पाण्डे, महेश चौरासिया र पूर्णबहादुर बस्नेतलाई तोकिएको छ।

त्यसैगरी तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको तल्लो तहको कमिटी समायोजनका लागि कार्यदल गठन गरेको हो। समायोजन कार्यदलमा हेमराज राई, रेणु यादव, गंगा श्रेष्ठ, रामसहाय यादब र डम्बर खतिवडा रहेका छन् । बैठकमा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले आ–आफ्नो धारणा समेत राखेका थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार