Bal-Umang

Bal-Umang

फोरमसँगको एकतापछि बाबुरामले सरकारलाई दिए यस्तो चेतावनी, प्रधानमन्त्री ओलीलाई लाग्यो झट्का!

काठमाडौं – नवगठीत समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले विगतमा तत्कालिन संघीय समाजवादी फोरम नेपालसँग गरिएको संझौता कार्यान्वयन नभए दलले सरकार छोड्ने बताएका छन्। उनले हाम्रो पाटीको मुख्य एजेण्डा संविधान संशोधन रहेको भन्दै सरकारले तत्काल कुनै प्रतिक्रिया नदेखाए सरकार छाड्ने निश्चित रहेको बताए।

पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एक उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री रहेको समाजवादी पार्टीले जुनसुकै बेला सरकार छोड्ने बताए।

‘हामीले सरकार, संसद र सडकलाई आन्दोलनको मोर्चा बनाएका छौं तर सरकार प्राथमिकतामा छैन,’ भट्टराईले भने, ‘संविधान संशोधन भएन भने जतिबेला पनि सरकार छोडेर आन्दोलनको आँधीबेहरी ल्याउन सक्छौं।’

भट्टराइको अभिब्यक्तिले प्रधानमन्त्री केपी ओली तनावित भएका छन्। बाबुराम नेतृत्वको नयाँ शक्तिसँग एकता हुनुअघि नै तत्कालीन संघीय समाजवादी फोरम केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार