Bal-Umang

Bal-Umang

गगन थापाको ट्वीट्ले ओलीलाई लाग्यो झट्का, जसमा मुछिन् राष्ट्रपति भण्डारी

काठमाडाैँ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग गरेपछि यसको सबैतिर आलोचना सुरू भएको छ।

चिया पसलदेखि समामाजिक संजालमा आलोचकहरूले राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा प्रयोग भएको ‘मेरो सरकार’ भन्ने शब्दले राजतन्त्रको झल्को दिएको भन्दै विरोध सुरू भएको हो।

सामाजिक सञ्जालमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले लेखेका छन्, ‘म त नेपाल सरकारको (जनताको सरका) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?’

गगन थापाकाे यस्ता प्रश्नले प्रधानमन्त्री केपी ओलीलार्इ झट्का नै लागेकाे छ। राष्ट्रपति भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पटक पटक मेरो सरकार भनेकी थिइन्। राजतन्त्र कालमा राजाले सम्वोधनका क्रममा मेरो सरकार भन्ने शव्द प्रयोग गर्ने गर्थे। गणतन्त्र स्थापना भएपछिका प्रथम राष्ट्रपति रामवरण यादवले पनि आफ्नो सम्वोधनमा नेपाल सरकार प्रयोग गर्ने गर्थे। तर यसपटक सरकारले तयार पारेको नीति तथा कार्यक्रममा भने मेरो सरकार सम्वोधन गरिएपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार