Bal-Umang

Bal-Umang

स्पेनिस ला लिगा: रियल म्याड्रिड सामु बिल्बाओ ३–० गोलले पराजित

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिडले एथलेटिक बिल्बाओलाई ३–० गोलले हराएको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले सबै गोल दोस्रो हाफमा गरेको थियो । बेन्जेमाले ४७ औं मिनेटमा खाता खोलेका थिए । उनले मार्को असेन्सियोको वासमा हेड गोल गरेका थिए ।

बेन्जेमाले ७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले ९० औं मिनेटमा ग्यारेथ बेलको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । बेन्जेमाले जारी सिजनमा २१ गेल गरिसकेका छन् । उनले पछिल्ला पाँच खेलका व्यक्तिगत आठ गोल गरेका छन् ।

जितसँगै तेस्रो स्थानमा रहेको रियलले ३३ खेलबाट ६४ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७७ र दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६८ अंक छ । रियलसँग हारेको बिल्बाओ ४६ अंकसहित सातौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार