Bal-Umang

Bal-Umang

राष्ट्रपतिबाट यसरी ‘चेन्ज’ भयो राष्ट्रघातीमा, राष्ट्रपतिको घरबाट अर्बौं अमेरिकी डलर बरामद

काठमाडौं । सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बसिरको घरमा ठूलो मात्रामा अवैध रकम बरामद भएको छ ।

बरामद मुद्राकाबारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति पदबाट अपदस्थ गरिए लगत्तै उनको निवासमा अर्बौं अमेरिकी डलर बराबरको अवैध मुद्रा बरामद गरिएको हो ।

बरामद गरिएको युरो, अमेरिकी डलर र सुडानी पाउन्ड गरी १ सय ३० मिलियन अमेरिकी डलर बराबरको मुद्रा भएको अधिकारीहरुले जनाएका छन् । ठूलो मात्रामा रकम बरामद भएपछि मुद्रा अपचलनको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको छ ।

उनलाई अहिले कोबरस्थित कारागारमा उच्च सुरक्षा सतर्कताका साथ राखेर अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार