Bal-Umang

Bal-Umang

भारतका मुख्यमन्त्री योगीसहित तीन नेतामाथि चुनाव प्रचारमा रोक

काठमाडाैँ । छिमेकी मूलुक भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्येनजर गरी उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसहित केही नेतालाई निर्वाचन आयोगले चुनाव प्रचारमा निश्चित समयका लागि रोक लगाएको छ ।

मुख्यमन्त्री योगीसहित बहुजन समाजवादी पार्टीकी नेतृ मायावती, समाजवादी पार्टीका नेता आजम खान, केन्द्रीय मन्त्री तथा भारतीय जनता पार्टीकी नेतृ मेनका गान्धीमाथि चुनाव प्रचारमा अस्थायी रोक लगाएको हो ।

चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीहरु आपत्तिजनक टिप्पणी गरेको, व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै आयोगले चुनाव प्रचारमा रोक लगाएको हो।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि मंगलबार बिहान ६ बजेबाट लागू हुनेगरी ७२ घण्टाका लागि चुनाव प्रचारमा रोक लगाइएको हो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार