Bal-Umang

Bal-Umang

ओली सरकारको खुल्यो यस्तो पोल, विप्लवका नेताले पदकमा जमाए आफ्नो सिक्का!

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीको शिक्षक संगठनका केन्द्रीय अध्यक्ष पनि पदक प्राप्त गरेपछि केपी ओली सरकारको दोहोरो चरित्रकोे खुलासा भएको छ।

गैरकानूनी गतिविधि गरेको आरोपमा सरकारले फागुन २८ गते प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएपछि सरकारको दोहोरो रुपकाे खुलासा भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक वितरण गरेकी हुन

पाठक अध्यक्ष रहेको अखिल नेपाल शिक्षक संगठन नेकपाको आधिकारिक शिक्षक संगठन हो। राजनीतिक दल निकट शिक्षक संगठनका अध्यक्ष भएपनि उनले नेतृत्व गरेको स्कुल भने पढाईमा अब्ब्ल छ। उनी बुटवल उपमहानगरपालिका वडा नम्बर १० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार