Bal-Umang

Bal-Umang

पूर्वी तराई मधेशमा ‘जुडशितल’ पर्व धुमधामका साथ मनाइँदै

पूर्वी तराई मधेशको विभिन्न क्षेत्रमा जुडशितल पर्व सोमबार विधिवत रुपमा मनाउन लागिएको छ। परम्परागत रुपमा मनाइदैं आइएको जुडशितल पर्व टाउकोमा पानी थाप्दै हिलोपानीमा रमाउँदै मनाउने पर्वको रुपमा रहेको छ। पहिले पहिले यो पर्वमा बिहान उठेर सम्पुर्ण गाउंवासीहरु मिलेर एकत्रित भई एक अर्कामाथि हिलो, माटो र पानी खेलिने गरिएको थियो तर अब आधुनिकता हावि हुंदै जांदा यो पर्व लोपोन्मुख हुंदै गएको स्थानीयहरु बताउँछन ।

होली पर्वमा रंग अविरले खेलिए जस्तै यस पर्वमा हिलो र पानीले खेलिने गरिएको स्थानीय राम मनोहर यादवले बताए।

जुडशितलमा हिलो र पानी जिउमा हाल्नाले स्वास्थ्य लाभ हुने र छालाको रोगहरु नलाग्ने वैज्ञानिक कारण रहेको छ भने, यो पर्वमा पानी हालेर खेल्यो भने, गर्मी महिना भरी शितलता प्रदान हुने जनविश्वास रहेको छ। थारु समुदायले यस पर्वलाई शिरुवा पर्वको रुपमा मनाउँदै आएको छ । विगतदेखि नै उनीहरुले यस पर्वलाई जीवन्त राखेका छन् ।

यसै विश्वासको साथ एक अर्कामाथि पानी र हिलो छ्यापेर जुड शितल मनाईएको छ । गर्मीयाममा दादुराको प्रकोप बढ्ने गरेको कारणले शुद्ध माटो जिउंमा मधेशमा नयाँ वर्षको दोश्रो दिन जुड् शितल लगाउंदा यो रोग निको हुने पौराणिक मान्यता अनुसार शुद्धमाटो र पानीले यो पर्व मनाइने गरिन्छ ।

शहरी क्षेत्रमा यो पर्व लोपोन्मुख हुंदै गए पनि अहिले पनि ग्रामिण क्षेत्रमा यस पर्वको बिशेष महत्व रहेको छ । बिहान घरको जेष्ठ व्यक्तिले आफु भन्दा कान्छाहरुको टाउकोमा बासी पानी हालि वर्ष भरि नै शितलता प्रदान होस भन्ने कामना गर्दछन् ।

जस अनुसार जनकपुर सहित आसपासको क्षेत्रमा बृद्ध बृद्धाहरुले आफु भन्दा कान्छोको टाउकोमा पानी छ्यापेर यो पर्व मनाईन्छ । जुडशितलको दिन बोट विरुवाहरुमा समेत पानी हाल्ने परम्परा रहि आएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार