Bal-Umang

Bal-Umang

यौन व्यवसायमा संलग्न १२ नेपाली युवती केन्यामा पक्राउ

यौन व्यवसायमा संलग्न आरोपमा १२ नेपाली युवती केन्यमा पक्राउ परेकी छन्। केन्यामा प्रहरीले लामाे समयकाे अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेकाे हाे। मानव तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत त्यहाँकाे प्रहरीले उनीहरुलाई पक्राउ गरेका हाे।

केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगीला बारमा छापा मारी प्रहरीले उनीहरुलाई पक्राउ गरेको त्यहाँकाे संचारमाध्यमले जनाएकाे छ। यौन व्यवसायलाई लक्षित गरी हुने मानव तस्करी रोक्न यो अभियान चलाइएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै केन्याका सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय समय अनुसार बिहान चार बजे प्रहरीले छापा मार्दा क्लबका सञ्चालकसमेत पक्राउ परेका छन्। उ ‘हामीलाई लाग्छ उनीहरु अन्तराष्ट्रिय मानव तस्करीको सिकार भएका हुन्,’ प्रहरी अधिकारीले भने। उनीहरुलाई नियाली प्रहरी चौकीमा राखिएको छ।

सोमबार उनीहरुलाई मोम्बासाको अदालतमा उपस्थित गराइने छ। प्रहरीले अन्य संधिग्दहरु हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको छ। केन्या प्रहरीले विभिन्न सुरक्षा अंगसँग सहकार्य गरेर यौनका लागि हुन् मानव तस्करी रोक्न अभियान चलाइरहेको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार