Bal-Umang

Bal-Umang

लुक्लामा विमान दुर्घटना हुँदा काे-पाइलटसहित तीन जनाकाे मृत्यु

लुक्ला विमानस्थलमा विमान दुर्घटना हुँदा काे-पाइलटसहित तीन जनाकाे मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमा विमानस्थल सुरक्षाको लागि खटिएका दोलखा घर भएका पर्यटक प्रहरी असई रामबहादुर खड्का, काठमाडौं महानगरपालिका ७ चाबहिलका समिट एयरका सुजित ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ रहेका प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए।

आइतबार बिहान समिट एयरको विमान धानमार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। अन्य दुईजना घाइते भएका छन्। पाइलटले विमान कन्ट्राेल गर्न नसकि चिप्लिएर दुर्घटना भएकाे प्रहरीले निष्कर्ष निकालेकाे छ।

लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौंतर्फ लगिएकोमा थप उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, घाइते हुनेहरूमा काठमाडौं कालिमाटी टोल घर भएका समिट एयरका चालक रबिनाथ रोकाय र ललितपुर उपमहानगरपालिका ठेगाना भएका मनाङ एयरका चालक चेतबहादुर गुरुङ रहेका छन्। घाइते विमान चालक रोकाया र सुरक्षाकर्मी श्रेष्ठलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाण्डौको शिक्षण अस्पताल लगिएको छ ।

बिहान ९ बजेर २० मिनेटमा रामेछापको लागि उड्न लागेको विमान दुर्घट्ना भएको हो । विमानमा चालक सहचालक मात्र सवार रहेको विमानस्थल प्रमुख इमनाथ अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार