Bal-Umang

Bal-Umang

शिक्षककाे यस्ताे हर्कतले छात्राले गरिन् आत्महत्या

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एक छात्रा आत्महत्या गरेकी छिन् । नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आफ्ना शिक्षकले बारम्बार गालीगलौज गरेको कारण आत्महत्या गर्न पुगेकी छिन ।

ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ । छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन शुरु गरेको छ ।

छात्राले बिल्डिङको ८ तला माथिबाट हाम्फालेर आत्महत्या गरेको लाइभ भिडियो फुटेज सार्वजनिक भएको छ । बिल्डिङको ८ औं तल्लाबाट ती छात्राले हाम्फालेर आत्महत्या गरेकी हुन् । बिल्डिङको त्यो तल्ला खाली भएको बताइएको छ । यो घटनाको लाइभ भिडियो सार्वजनिक भएको हो । भिडियोमा ती बालिका तल खसिरहेकी देखिएकी छिन् । भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार