Bal-Umang

Bal-Umang

अवैध बाटाेकाे प्रयाेग गरी खाडी मुलुक जाँदा यसरी यसरी हुन्छन् बलात्कारको सिकार

काठमाडाै – अवैध बाटाेकाे प्रयाेग गरी खाडी मुलुक जाँदा अधिकांश नेपाली चेली बलात्कारको सिकार हुने गरेकी छिन्। नाता र चिनेजानेको दलालको सहयोगमा राहदानी बनाइ भारतको बाटो हुँदै पैसा कमाउनकाे लागि खाडी मुलुक जाँदा यस्ता चुनाैतीकाे सामना गर्नुपर्ने देखिएकाे छ।

साउदी अरबमा आएका नेपाली घरेलु कामदारको बारेमा सबैले जानकारी लिनुपर्ने महत्वपूर्ण कुरा के छ भने यी सबै महिला कामदार आफ्नो घररगाउँमा रहेका दलाल र, त्यहाँ म्यानपावर एजेन्टले भिसा उपलब्ध गराएपछि साउदी अरबलगायत खाडी मुलुकमा आउँछन्।

केही अरुको राहदानी प्रयोग गरी आउने गरेका छन्। धेरैले परिवारको सहमती नै नलिइ हिंडेका हुन्छन्। कसैले नगद २०/३० हजार रुपैंया आफूलाई पठाइदिने व्यक्ति वा दलाललाई बुझाएका हुन्छन् त कसैले नेपाल फर्किएपछि दिने बाचा गरेका हुन्छन्

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार