Bal-Umang

Bal-Umang

उपप्रधानमन्त्री यादवले गरे यस्तो घोषणा, ओलीलाई लाग्यो झट्का!

खोटाङ– उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकार हाम्रो मुद्दा सम्बोधन नगरे सरकारबाट बाहिरिने बताएका छन्। उनले सरकारमा सहभागी हुनेक्रममा गरिएका सम्झौता कार्यान्वयनका पटक पटक आग्रह गर्दा पनि सरकार अटेरी गरेको बताए।

संघीय समाजवादी फोरम खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, संघीय गणतन्त्र, समावेशिता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था आए आफ्नो पार्टीको बाटो अलग हुने घोषणा गरे।

‘राजनैतिक कारणहरु, मधेसी, आदिवासी जनजातीका मुद्दाहरु, महिलाका मुद्दाहरु, दलितका मुद्दाहरु, पिछिडिएका वर्ग र समुदायका मुद्दाहरु अहिले पनि सम्बोधन हुन बाँकी छ। त्यसलाई सम्बोधन गरेर जाने समझदारीमा हामी सरकारमा गएको हो,’ संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका मन्त्री यादवले भने, ‘जुन कारणका लागि हामी सरकारमा समावेस भयौँ, त्यो भएन भने, हुन नसक्ने स्थिति भयो भने या गर्दिन भन्ने भयो भने त्यो बेला हाम्रो बाटो फरक हुन सक्छ। त्यो निश्चित हो।’

उपप्रधानमन्त्री यादवले सार्वजनिक रूपमै दिएको अभिब्यक्तिले सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली गम्भीर सोच परेका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली मधेसवादी दल फोरमको मुद्दाले तनावितसमेत देखिएका छन्। उनी यस विषयमा पार्टी भित्रका शीर्ष नेताहरुसँग गोप्य रुपमा छलफल चलाए पनि टुंगोमा पुग्न सकेको छैन्।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार