Bal-Umang

Bal-Umang

फोरम नेपालको विराटनगर महानगरपालिकाको अध्यक्षमा अमरेन्द्र यादव निर्वाचित

काठमाडाैँ । सङ्घीय समाजवादी फोरम नेपालको विराटनगर महानगरपालिकाको प्रथम एैतिहासिक एकता अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अथित्यता ग्रहण गरेका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पानसमा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

बिहान सप्पन्न अधिवेशन बाट अमरेन्द्र यादव (दिपेश) को अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षको पदको लागि २ दाबेदारबीच प्रतिस्पर्धा भएको थियो। भोटिङ प्रक्रिया मार्फत भएको प्रतिस्पर्धामा समिम कमरले ८० र यादवले १०६ मत ल्याएको थिए।

निर्वाचित भएकाहरूलार्इ अध्यक्ष उपेन्द्र यादवले शुभकामना र सहभागी सबैलाई धन्यवाद दिएका थिए। महाअधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि उनले पहिलो र दोस्रो हुने पार्टीलाई फोरमले उछिनेर जाने बताए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार