Bal-Umang

Bal-Umang

रतुवामाई नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न, २१ सदस्यीय नयाँ कार्य समिति गठन

काठमाडाैँ । सत्तारुढ दल सङ्घीय समाजवादी फोरम नेपालको रतुवामाई नगरपालिकाको प्रथम एैतिहासिक एकता अधिवेशन सम्पन्न भएको छ। अधिवेशन वरिष्ठ नेता अशोक कुमार राईको प्रमुख आथित्यमा सम्पन्न भएको हो। वरिष्ठ नेता राईले पानसमा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता राईले वर्तमान सरकारमा हामी प्रातिनिधित्व गर्नुको कारण संविधानलाइ संशोधन गर्र्न र संघीयतलाई संस्थागत गर्न तर्फ लागेको बताए। उनले भने,‘ आगामी बैशाअ २८,२९ र३० गते जनकपुरमा हुन लागेको केन्द्रीय महाधिवेश वृहत योजनासहितको रणनीति तय गर्ने छ।’ उनले महाअधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि पहिलो र दोस हुने पार्टीलाई फोरमले उछिनेर जाने बताए।

त्यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज कार्कीले यस क्षेत्रका तीन हजार जनाताले हाम्रो पार्टीलाई साथ र सहयोग गरेकोले उहाँहरुको लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए।

त्यसैगरी अधिवेशनले वडा प्रतिनिधिहरुको सहभागितमा नगरपालिका स्तरीय नयाँ कार्यसमिति चयन गरेको छ। सीताराम साहको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। त्यसगरी उपाध्यक्षमा विनोद कुमार यादव, सचिवमा बल बहलादुर राई,सह सचिवमा तिलक बहादुर साह रहेका छन्। अधिवेशनमा राजनीतिक समिति सदस्य प्रेमनारायण थापा, प्रदेश उपाध्यक्ष राज कुमार यादव, प्रदेश सचिव दुर्गा मणी सुवेदी र नगर ईन्चार्ज विनोद सिन्ह लगायत नेताहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार