Bal-Umang

Bal-Umang

प्रदेश सरकारले हावाहुरीबाट भत्किएका घर बनाइदिने

जनकपुर — प्रदेश २ को सरकारले बारा र पर्सामा हावाहुरीका कारण घरबार गुमाएकालाई घर बनाइदिने निर्णय गरेको छ । बर्खाअघि नै प्रि–फोव मोडलको घर बनाइदिने मङ्गलवार निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा रहेको उद्धार तथा राहत व्यवस्थापन समितिले करिब ५ लाख रुपैयाँको लागतमा तीन कोठे घर निर्माण गर्ने निर्णय गरेको छ।

मङ्गलवार जनकपुरमा बसेको समितिको बैठकले ४ महिनाभित्रमै एकैनासको प्रि–फोव मोडलको घर बनाउनका लागि कामको थालनी समेत सुरु भएको समितिका संयोजक मन्क्री यादवले जानकारी दिए। आइतबार रातिको शक्तिशाली हुरीमा बारा र पर्साको आठवटा बस्तीका करिब १५ सय घर तहसनहस भएको प्रारम्भिक अनुमान छ।

राहत र उद्धारका लागि प्रदेश सरकारले आफ्ना दुई जना राज्यमन्त्री रहने गरी हेल्प डेस्कको समेत स्थापना गरेको छ। बारा र पर्साका सुरक्षा र प्रशासनिक अधिकारीलाई समेत राखिएको हेल्प डेस्कले उद्धार र राहत वितरणको व्यवस्थापन र रेखदेख गर्नेछन्।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार