Bal-Umang

Bal-Umang

हावाहुरीबाट घाइतेलाई देखेपछि उपेन्द्रको अनुहार मालिन,ओलीको नजर कर्के, मधेसीमाथि अझै विभेद

काठमाडाैँ – भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो मनाविय क्षति भएको छ। आइतबारको विनाशकारी हावाहुरीमा घाइते भएका १४४ जनाले आकस्मिक सेवा पाएका छन्। हावाहुरीमा परेर २७ जनाको ज्यान गएको छ। गम्भीर घाइते भएका ३२३ जनाको काठमाडौं लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

घाइते मध्ये ७ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। घटनास्थलको निरीक्षण गर्दै उप प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले घाइतेहरूको उद्धार र उपचारमा कमी आउन नदिन निर्देशन दिएका छन्।

बारा तथा पर्सामा घाइते तथा मृतकका परिवारलाई भेटन तथा स्थलगत अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको सहभागिता रहेको थियो।

स्थागलतगत निरीक्षणको क्रममा घाइतेहरुलाई उप्रधानमन्त्री यादवले देखेपछि उनको अनुहारमा दुःखको भल्को थियो भने प्रधानमन्त्री ओलीको नजर विभेद पूर्ण कर्के नजरको थियो। ओलीको विभेद यहाँबाट पनि पुष्टि हुन्छ की प्रतिपक्षले हावाहुरीबाट पीडितलाई सांसदको दुई दिनको तलब दिने घोषणा गरेको छ भने सत्तारुढ दल नेकपाले एक दिनको तलब दिने घोषणा गरको छ।

मन्त्रालयबाट डा। रमेश खरेल र ड.। दीपेन्द्र रमण सिंहको नेतृत्वमा दुईवटा टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार