Bal-Umang

Bal-Umang

मुख्यमन्त्री पुगे हावाहुरी प्रभावित क्षेत्रमा, सहयाेगकाे घाेषणा

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हावाहुरीका कारण घाइते भएकाहरुको अवस्था बझेका छन्। बाराको जिल्ला अस्पताल कलैयामा पुगेर घाइते सम्पुर्ण घाइतेकको अवस्था उनले बुझेका हुन्।

त्यसैगरी मुख्यमन्त्री राउत हावाहुरीले सबै भन्दा बढी प्रभावित क्षेत्र फेटा गाउँपालिकामा गएर मृतकका परिवारसँग पनि भेट गरेका छन्। त्यहाँ उनले स्थानीयबाट घटनाबारे जानकारी लिनुका साथै क्षतिको विवरण पनि लिइरहेका छन्। घटनापछि निकै विक्षिप्त देखिएका मुख्यमन्त्री राउतले पत्रकारसँग कुरा गर्दै भने,‘ हावाहुरील् प्रभावित सबैलाई प्रदेश सरकारले सक्दो सहयोग गर्नेछ।

हावाहुरीका कारण वारामा २७ र पर्सामा १ जना गरी २८ जनाको मृत्यु भएको छ। घटनामा ४ सय भन्दा बढी घाइते भएका छन्। उनीहरुको बारा र पर्साका अस्पतालमा उपचार भइरहेको छ।

नेपाली सेनाको मेडिकल टोली घटनास्थलमै रहेर उपचारमा समेत सक्रिय छ। सेनाले ८ जना चिकित्सकको टोली बारा पठाएको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार