Bal-Umang

Bal-Umang

राष्ट्रिय विकास परिषद्‌काे सदस्यमा वीरगञ्ज महानगरका प्रमुख सरावगी नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय विकास परिषद्‌काे सदस्यमा वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही चैत ११ गतेको निर्णयअनुसार स्थानीय तहका जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलाई उक्त परिषद्‌मा समेटिने क्रममा मेयर सरावगीकाे नामपनि समावेश गरिएकाे थियाे।परिषद्काे सदस्यमा नियुक्त भएपछि मेयर सरावागी सरकारप्रति आभार व्यक्त गरेका छन्।

मेयर सरावगी स्वच्छ छावीका नेताकाे रूपमा समेत चिनिन्छन्। सरावगी मेयर भएयता नगरपालिकाले तिब्र रूपमा विकास गरेकाे छ। राष्ट्रिय योजना आयोगले मेयर सरावगीकाे कुशल क्षमताका कारण उनीमा सदस्य पदमा नियुक्त भएकाे जानकारी दिएकाे छ। सरावगीसहित परिषद् सदस्य २५ जना रहेकाछन्।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार