Bal-Umang

Bal-Umang

भारतीय कलाकार शक्ति कपूरकी छोरीले गर्दैछिन् नेपाली युवकसँग विवाह

काठमाडाैँ । भारतीय कलाकार शक्ति कपूरकी छोरीले नेपाली युवकसँग विवाह गर्दैछिन्। बलिउडमा विवाहको सिलसिला जारी रहेकै बेला शक्तिकी छोरी श्रद्धा कपूरले नेपाली मुलका युवक रोहन श्रेष्ठसँग विवाह गर्दैछिन।

भारितय मिडियाले जनाए अनुसार अब शक्ति कपुरको घरमा चाडै नै शहनाई बज्नेवाला छ । अर्थात शक्ति कपुरले छोरी श्रद्धालाई ज्वाईको हातमा सुम्पनेछन् । रमाइलो कुरा, श्रद्धाका हुनेवाला ज्वाई
रोहन मुम्बईमा बसेर फोटोग्राफी गरिरहेका छन् ।

+खासगरी बलिउडकर्मीसँग उनको घनिष्ठता छ । अतः बलिउडसम्म जोडिने पुल चाहि उनकै पिता राकेश श्रेष्ठ हुन् । राकेश श्रेष्ठ बलिउडका चल्तापूर्जा फोटोग्राफर हुन् । उनै पिताको पदचाप पच्छ्याउँदै रोहनले पनि फोटोग्राफीमा आफ्नो करियर बनाएका हुन् ।

न्युयोर्कको फिल्म एकेडेमीमा अध्ययन गरेका रोहनले २५ बर्षको उमेरमा पहिलो पटक फिल्मफेयर म्यागजिनको कभर फोटोशूट गराएका थिए । त्यसबेला कभरमा रणवीर कपुरको फोटोशूट गराइएको थियो ।

त्यसो त रोहनका पिता राकेशले पनि रणवीरकी आमा नीतु सिंहको फोटोशूट गरेरै करियर थालेका थिए । रोहनले अहिलेसम्म करिना कपुर, रणवीर सिंह, सोनम कपुर, श्रद्धा कपुर, दीपिका पादुकोण, करन जोहर, अनुपम खेर, आलिया भट्ट, बरुण धवन, अभिषेक बच्चन, अनुष्का शर्मा, बिद्या बालन, सोनाक्षी सिन्हा लगायत थुप्रै बलिउड स्टार्सको फोटोशूट गराइसकेका छन् ।

रोहन अहिले उमेरले ३४ बर्ष पुगेका छन् । त्यसैगरी श्रद्धा ३२ बर्षकी । उनीहरुको विवाहको लगभग छिनोफानो भइसकेको भारतिय मिडियाहरुले जनाएको छ ।

श्रद्धासँगको अफेयरपछि भारतिय मिडयाले उनीहरुको चियोचर्चा गर्न थालेको थियो । श्रद्धा र रोहन कहाँ, कसरी भेटिए भनेर निकै चियोचर्चा हुन थालेको थियो । उनीहरु पहिलो पटक भने निर्देशक करण जोहरको दीपावली पार्टीमा भेटेका थिए । त्यसपछि नै उनीहरुको सम्बन्ध अगाडि बढेको थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार