Bal-Umang

Bal-Umang

रौतहटमा प्रहरीले गोली चलायाे

रौतहटमा बिहीबार होली खेलिरहेको अवस्थामा विवाद भएपछि प्रहरीले गोली चलाएको छ।
गजुरा नगरपालिकामा होली खेल्ने क्रममा मटका फुटाउने बेला दुई पक्षबीच विवाद भएपछि प्रहरीले गोली चलाएको हो।

स्थानीय महिलाहरुले मटका फुटाउने कार्यक्रमको तयारी गरिरहेको बेला अर्को समूहले आएर जबरजस्ती मटका फुटाएको थियो। नेपाल प्रहरी र सशस्त्रको टोली घटनास्थल पुगी स्थितिलाई नियन्त्रणमा लिन र दुई पक्षलाई तितरवितार पार्न खोज्दा नआएपछि प्रहरीले गोली चलाएको हो।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रुग्याँस छाडिएको र अहिले स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी गराएका छन्। घटनामा संलग्नको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार