Bal-Umang

Bal-Umang

विप्लपको बन्द आह्वानले जनतामा सनत्रास, कहाँ कस्तो प्रभाव

उदयुरको कटारीमा बम फेला
उदयपुरको कटारी नगरपालिका २ देवीधाप स्थित सडकमा बम भेटिएको छ । मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ सप्लाई गर्ने शिवम मल्टिर्पस प्रालिको गेटे अगाडि बम फेला परेको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ ।

उक्त बम डिस्पोजको लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए । यसैबीच बिप्लव नेतृत्वको नेकपाले आज आव्हान गरेको बन्दको कारण उदयपुरको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सदरमुकाम गाईघाटलगायत कटारी, वेल्टार, रामपुरलगायतका स्थानबाट सञ्चालन हुँदै आएको लामो तथा छोटो दुरीका सवारी साधन चलेको छैन ।

जिल्लाकोे विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला
बाजुरा

जिल्लाको बुढीनन्दा नगरपालिकाको डाब बजारमा शंकास्पद वस्तु फेला परेको छ । नेकपा विप्लवले आह्वान गरेको बन्दमा त्रास फैलाउनको लागि शंकास्पद वस्तु सडकमा राखेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धप सिंह भाटले बताए। कपडामा केही बेरेर बम जस्तो देखीने वस्तु सडकमा भेटिएको भन्ने खबर अनुसार आफु उक्त स्थलतर्फ जाँदै गरेको उनले बताए ।

बन्दको कारण बिहानैदेखि सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका यातायात साधन चल्न नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदार रजौलेले बिहान यातायातका साधन नछुटेपनि रात्रि बसहरुलाई स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाइएको बताए । बन्दलाई लक्षित गरेर विभिन्न ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

पाल्पामा बन्दको असर
पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर पाल्पामा पूर्ण रुपमा परेको छ ।

सदरमुकाम तानसेनसहित अन्य बजार क्षेत्रहरुमा समेत बिहानैबाट सवारी साधन चलेको छैन् । अत्यावश्क बाहेक लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा यात्रुले सास्ती पाएका छन् ।

प्यूठानको दुई स्थानमा संकास्पद वस्तु फेला
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा बिहीबार नेपाल बन्दको आह्वान गरेको छ ।

नेपाल बन्दलाई मध्यनजर गर्दै प्यूठान प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । संकास्पद वस्तु तथा बम राख्न सक्ने हुँदा सुरक्षा सर्तकता अपनाइएको प्यूठानका प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले बताए ।

प्यूठानका दुई स्थानमा संस्कास्पद वस्तु फेला परेको छ । माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संस्कासपपद वस्तु फेला परेको डिएसपी बुढाथोकीले जानकारी दिए । प्रहरीले विहान ४ः ३० बजे सडक निगरानीको क्रममा उक्त संस्कासपद वस्तु भेटाएको थियो ।

बन्दको कारण पश्चिम नेपालको जनजीवन प्रभावित
नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले आज गरेको नेपाल बन्दले पश्चिम नेपालको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि महेन्द्रनगर बसर्पाकदेखि छोटो तथा लामो दुरीमा चल्ने सवारी साधन चल्न सकेको छैन् ।

सार्वजनिक सवारी साधन सञ्चलानम आउन नसक्दा भारतबाट मजदुरी गरि घर फर्केने मजदुर महेन्द्रनगर बसपार्क क्षेत्रमा अलपत्र परेका छन् । बन्दको असर सबैभन्दा बढी भारतबाट नेपाल फर्किने, विभिन्न उद्योगधन्दा तथा विद्यालयमा परेको छ ।

नेकपा कञ्चनपुरले बन्दको समयमा दुईपाङ्गे सवारी साधन साईकल र मोटरसाईकल भने चल्न दिएको छ । नेकपा कञ्चनपुरका सचिव राजेन्द्र विष्ट९परिर्वतन०का अनुसार बिना कारण नेकपाका कार्यकर्तामाथि धरकपट, गिरफ्तारी पक्राउ गरेको विषयमा बन्द गरिएको बताए । राष्ट्रवादी जस्तो शक्तिलाई पाखा लगाउँदै प्रतिबन्ध लगाउनु दुःखद भएको उनले बताए । ‘प्रगतिशिल र राष्ट्रवादी शक्तिलाई प्रतिबन्ध लगाउनु गणतन्त्रमाथि नै प्रतिबन्ध लगाए जस्तै हो, ‘सचिव विष्टले भने, ‘प्रतिबन्धको प्रतिरोध गर्नका लागि बन्द गरेका हौँ ।’

बन्दलाई मध्य नजर गरि स्थानीय प्रशासनले कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारेको छ । मुख्य बजार, राजमार्ग क्षेत्रलगायतका क्षेत्रमा बाक्लो संख्यामा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता बिहान १० बजेसम्म कञ्चनपुरमा कुनै अप्रिय घटना नभएको बताए ।

अछाममा विप्लवको बन्दले यात्रुलाई सास्ती
अछाम
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको कारण अछामको जनजीवन प्रभावित भएको छ । बन्दको कारण बिहानैदेखि मुख्य सडकहरुमा गाडी चल्न सकेका छैनन् ।

सदरमुकामदेखि गाउँ जाने ग्रामीण सडकको विभिन्न स्थानहरुमा विप्लवका कार्यक्रताहरुले विभिन्न ठाउँमा ढुङ्गा तथा रुख ढालेर सडक अवरुद्ध गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज शेरबहादुर विश्वकर्माका अनुसार अछाम सदरमुकाम मङ्लसेन र साफेबगरबाट गाउँ जाने कुनै सबारी साधन चल्न दिएको छैन् । तर विद्यालय र अस्पतालमा भने कुनैपनी प्रतिबन्ध लगाइएको छैन । बन्दको कारण मंगलसेन, साफे, विनायक, कमलबजार, बेलखेत र चौखुट्टेमा रोकिएका यात्रुहरू समस्यामा परेका छन । बन्दलार्इ मध्यनजर गर्दै जिल्लाभर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक कलेन्द्र बिक्रम शाहीले बताए ।

गुल्मीको जनजीवन प्रभावित
बिप्लप नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण गुल्मी जिल्लाको जनजीवन प्रभावित बनेको छ । गुल्मीका बजार र विद्यालय पूर्ण रुपमा बन्द रहेका छन् । जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन बसपार्कमै रोकिएका छन् । सेवाग्राहिहरुको उपस्थिती न्यून छ । जसका कारण सरकारी कार्यालयहरु पनि सुनसान रहेका छन् । बन्दकर्ता बजारमा नदेखिए पनि बन्दको प्रभाव भने रहेको छ । एसइई र विद्यालयका वार्षिक परीक्षा नजिकै आएको बेला बन्दले विद्यार्थीहरुको पढाई प्रभावित भएको अभिभावकको गुनासो रहेको छ ।

बन्दले कुनै पनि क्षति नहोस् भनेर जिल्लामा सुरक्षा व्यावस्था कडा बनाइएको प्रजिअ यदुनाथ पौडेलले बताए । उनले सुरक्षाको दृष्टिले संवेदनशिल मानिएका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ति भइरहेको पौडेलले बताए । जिल्ला प्रहरी कार्यालय गुल्मीले बिहानै बजार बन्द गराउँदै हिड्ने चार जनालाई पक्राउ गरेको छ ।

डडेल्धुरामा विहानदेखि नै बन्दको प्रभाव
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समुहले अव्हान गरेको नेपाल बन्द बिहीबार डडेल्धुरामा पनि प्रभाव परेको छ । बिहानदेखि नै जिल्ला सदरमुका तथा जिल्लाभर यातायात ठप्प भएको छ, भने बजार व्यवसायसमेत बन्द भएको छ ।

बन्दको प्रभावले भीमदत्त राजमार्गमा चल्ने सवारी साधन चल्न सकेको छैन । यतायात बन्द हुँदा जनजीवन प्रभावित भएको उग्रतारा यातायात समितिका अध्यक्ष पदमराज जैशीले बताए । बन्द शान्तिपूर्ण रुपमा भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

नवलपरासीमा विप्लवका कार्यकर्ताद्वारा ट्रकमा आगजनी
विप्लव समूहको बन्दको प्रभाव प्रदेश ५ का बाह्रै वटा जिल्लामा परेको छ। सडक चोकमा विप्लवका कार्यकर्ता दिनभर नदेखिए पनि प्रदेशका सबै जिल्लामा बन्दको प्रभाव परेको हो।

जिल्ला सदरमुकामहरुमा फाट्टफुट्ट निजी गाडी तथा मोटरसाइकल चले पनि लामो तथा छोटो दूरीका सवारीसाधन चलेनन्। कलकारखाना, स्कुल कलेज बजार बन्द भए।

तुलनात्मक रूपमा यसअघिका नेकपाको बन्दमा भन्दा यसपटक प्रभाव अलि बढिपरेको विभिन्न जिल्लाका सुरक्षा अधिकारीहरुले नै बताएका छन्। प्रदेशका सबै जिल्लाका लागि गाडी छुट्ने बुटवल बसपार्क बिहीबार दिनभर सुनसान भयो। बन्दका क्रममा प्रदेशमा अप्रिय घटना नभए पनि पूर्वी नवलपरासीमा दुई वटा ट्रकमा आगजनी भएको छ।

सरावल गाउँपालिका ३ मा सडक छेउमा रोकी राखेका ना४ख ६८२५ र ना५ख ७७४१ नम्बरका दुइ वटा ट्रकमा विप्लवका कार्यकर्ताले आगजनी गरेका हुन्। काठमाडौं स्टिल उद्योगमा सामान लोड गर्न आएका ट्रासपोर्टका ती दुई ट्रकमा बिहीबार बिहान १ बजेतिर आगजनी भएको नवलपरासी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले बताए।

सकेट बम फेला, सेनाद्वारा डिस्पोज
बागलुङ– बागलुङ बजार नजिकै सडकमा बिहीबार दिउँसो सकेट बम फेला परेको छ। बागलुङ नगरपालिका–४ को हाडेपाखामा भेटिएको करिब एक फिट लामो सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको मेजर गोविन्द थापाले बताए।

पुष्पलाल मध्यपहाडी लोकमार्गको मुख्य सडकमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय सशंकित भएका छन्। उक्त बम विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। नेपाल बन्दका कारण सडक सुनसान भएकाले सवारी आवागमन ठप्प छ। बन्दका कारण जिल्लाका शैक्षिक संस्था पनि बन्द भएका छन्।

विप्लवको बन्दले जनजीवन प्रभावित्र
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण रोल्पाको जनजीवन प्रभाबित बनेको छ ।

बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने सदरमुकाम लगायतका सबै बजार पूर्ण रुपले बन्द छन । शैक्षिक सस्था समेत बन्द हुदा बार्षिक परीक्षासमेत प्रभावित भएको छ। बन्दले बिद्यार्थीहरु सबै भन्दा बढी मारमा परेका छन् । बन्दका कारण रोल्पाका साना ठुला सबै बजार सुनसान छन्।

विप्लव कार्यकर्ताहरुले बन्दको पूर्व सन्ध्यामा रोल्पा नगरपालिकाको धवाङ गाउँ र सुनिल स्मृती गाउँपालिकाको सुलिचौर बजारमा बिस्फोट गराएका थिए । सरकारले नेकपाविरुद्ध सर्च अभियान सञ्चालन गरेको, कपिलवस्तुमा प्रहरीले गोली चलाई एकजना सर्वसाधारणलाई घाइते बनाएको, रोल्पा, कालीकोट, चितवनलगायत जिल्लाहरूमा अप्रेसन सञ्चालन गरी चरम दमन चलाएको भन्दै बिहिवारै आमहडताल सहित नेपाल बन्द घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार