Bal-Umang

Bal-Umang

सरकारले विप्लव समूहलाई अपराधिक संगठन घोषणा गरे लगत्तै महानगरमा शक्तिशाली बम बिस्फोट

चितवन । सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाललाई अपराधिक संगठन घोषणा गरे लगत्तै चितवनमा शक्तिशाली बम विस्फोट भएको छ। चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा बम बिस्फोट भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसींह राठौरले बुधबार बिहान शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको जानकारी दिए। ‘घटना आज बिहान साढे १२ बजेतिरको समयमा भएको होु, उनले भने, ‘बम विस्फोटबाट कार्यालय भवन क्षतिग्रस्त भएको छ, तर रातको समयमा कार्यालयमा कोही पनि नरहने भएका कारण कुनै पनि मानवीय क्षति भएको छैन।’

शक्तिशाली सिलिण्डर बम बिस्फोटपछि भवनमा आगलागी भएको थियो। विस्फोट तथा आगलागीको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेको र भरतपुर महानगरको दमकल तथा स्थानीयको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक राठौरले बताए। बिस्फोटका कारण वडा कार्यालय भवन क्षतिग्रस्त भएको राठौरले जानकारी दिए।उनका अनुसार बिस्फोट कसले गराएको हो भन्ने सम्बन्धमा हालसम्म केही खुलेको छैन। प्रहरीले अनुसन्धान अघि बढाएको उनले जानकारी दिए।

मन्त्री परिषद्को बैठकले विल्पव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको केही घण्टा नबित्दै शक्तीशाली बिस्फोटन हुनाले बिस्फोटन विल्पव समूहबाटै भएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार