Bal-Umang

Bal-Umang

मन्त्रिमण्डल पुनर्गठनको तयारीमा

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)बीच मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भएको छ । स्रोतका अनुसार सरकार मन्त्रिमण्डल पुर्नगठनको तयारीमा रहेको छ।

मंगलबार बिहान प्रधानमन्त्री ओलीसँग त्यस विषयमा कुराकानी भएको नेकपा अध्यक्ष प्रचण्डले जानकारी गराएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले भने, ‘यस विषयमा आज बिहान प्रधानमन्त्रीसंग कुरा भएको छ । सल्लाह गरेर केही हेरफेर गरौँला भन्नु भएको छ, तर मैले तपाईले मूल्यांकन गरेर निर्णय लिनुस् भनेको छु ।’

उनले सरकार र सिके राउतबीच भएको सम्झौतालाई सकारात्मक भन्दै त्यसबारे शंका गर्न नहुने बताए । सरकारले गरेको सम्झौताले संविधानको सर्वस्वीकार्यता वढाउन मद्धत पुगेको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि यो कदम सकारात्मक भएको दावी गरे ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार