Bal-Umang

Bal-Umang

सरकार र सिके राउतबीच भएको सम्झौताविरुद्व नेवि संघको प्रदर्शन

काठमाडाैँ । नेपाल बिद्यार्थी संघले सिके राउतसँग सरकारले गरेको सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।संघको अगुवाईमा सरकार र सिके राउत समुहबीच भएको ११ बुँदे सम्झौताको विरोधमा काठमाडौं प्रदर्शन गरिएको छ । मंगलबार नेवि संघले सम्झौता राष्ट्रघाती भएको भन्दै खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

त्रिचन्द्र, शंकरदेव, पशुपति, रत्नराज्यलगायत क्याम्पस अगाडिबाट नेवि संघले बिरोध प्रदर्शन गरेको हो । सम्झौतामा देश टुक्र्याउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी जनअभिमत भनिएकाले यो कुनै हालतमा मान्य नहुने भन्दै सम्झौता खोरेज गर्नु पर्ने नेबिसंघको माग रहेको छ ।

उनीहरुले सरकारले नै राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको आरोप लगाए । देश टुक्र्याउन पाईदैन, देश सबैको साँझा हो, सिके राउतसंगको सम्झौता खारेज गर, सिके राउतलाई कारवाही गर लगायतका नारा र प्लेकार्डसहितको नेबिसंघको बिरोध र्याली त्रिचन्त्र क्याम्पस अगाडि आएर कोणसभामा परिणत भएको होे ।

कोेणसभामा नेविसंघका निवर्तमान सहमहामन्त्री प्रेम जोशी, नेता दुजाङ्ग शेर्पा, सुन्दर वडाल लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार